Ads

मे महिनामा मात्र ९० हजार बढी पर्यटक नेपाल भित्रिए


काठमाडौँ । नेपालमा मे महिनामा मात्र ९० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२४ को मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल भित्रिएका हुन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेले विगत वर्षको तुलनामा यो वर्ष मेमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढेको बताए । उनका अनुसार सन् २०१९ को मे मा ७८ हजार तीन सय २९, सन् २०२० मा ३१ जना, सन् २०२१ मा एक हजार पाँच सय ३१, सन् २०२२ मा ५४ हजार ९३ र गत वर्षको मे मा ७७ हजार सात सय तीन विदेशी पर्यटक भित्रिएका छन् ।

यो वर्षको मे महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएका छन् । भारतबाट ३८ हजार दुई सय ८८ पर्यटक भित्रिएका लामिछानेले जानकारी दिए । उनका अनुसार भारतसहित सार्क मुलुकबाट ४३ हजार आठ सय तीन पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी, एसियाका अन्य मुलुकबाट १४ हजार चार सय २५, युरोपबाट ११ हजार दुई सय १४, अष्ट्रेलिया र न्युजिल्यान्डबाट दुई हजार पाँच सय १४, क्यानडा र अमेरिकाबाट नौ हजार पाँच सय ४२ र इजरायल र टर्कीबाट नौ सय ३० र अन्य मुलुकबाट सात हजार सात सय ८३ पर्यटक नेपाल भित्रिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू