Ads

देउवालाई भट्दैमा कोही आत्तिनु पर्दैन: माधव नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए।

उनले सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताए। उनले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताए।

उनले देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको बताए। उनले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा हिँड्ने खाले नरहेको बताए।

उनले भने, ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ। सबैले नेताहरुसँग सम्पर्क गर्न पाउँछन्। हामी पनि पाउँछौँ। अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन।’

 

Ads

सम्बन्धित पोष्टहरू