Ads

एकपटक देशको नेतृत्व गर्ने इच्छा छ: वरिष्ठ नेता पौडेल


केदार बस्नेत काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आईतवार आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा  वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन् ।

“कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ”, पौडेलले भने “मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले यसपटकपनि सहयोग गर्न मतदाताहरुलाई आग्रह गरेका छन ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गराएका छन् ।

निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले मतदाताहरुलाई आग्रह गरे । “गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौं, गठबन्धनलाई सफल बनाउनुपर्छ”,  पौडेलको भनाई थियो । निर्वाचनमा कांग्रेसभित्रका नेताहरुलाई समेत व्यवस्थापन गर्न गाह्रो भै रहेका बेला पौडेलले मिलाएर निर्वाचनमा जाने आस्वशन दिलाएका छन् ।

छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराएका छन् । जनताका कुरा सुन्न सधैं जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए ।

पौडेल तनहुँबाट २०४८ साल यताको निर्वाचनमा निरन्तर प्रतिनिधि सभाको उम्मेदवार बनिरहेका छन् ।उनी ७४ को निवार्चनमा तत्कालिन एमाले नेता कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए भने आगामी निर्वाचनमा पौडेलको बाधक कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी हुने देखिएको छ ।वरिष्ठ नेता पौडेल प्रतिनिधि सभाको तनहुँ क्षेत्र नम्बर १ बाट साँतौं पटक उम्मेदवार भए उनीविरुद्ध जोशीले एमालेसँग तालमेल गर्ने योजना बनाई सकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू