Ads

सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा न्युरोड क्षेत्र असामान्य


काठमाण्डौ । न्यूरोड क्षेत्रका सडकमा सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य बनेको थियो ।महानगरले फुटपाथ बिस्तारका लागि न्यूरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न शुरु गरेसँगै विवाद भएको हो ।

काठमाडौं महानगरले इन्द्रचोकको बाटो भत्काएको र सडक विभागले पिच गर्न थालेपछि विरोध शुरु भएको न्युरोडका स्थानीय अमररत्न बज्राचार्यले बताएका छन् । उनले महानगर प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको बताए ।

उनले भने “सडक विभागले सडक नकाट्नु भन्दाभन्दै पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अहङ्कारले गर्दा यो स्थिति सिर्जना भएको बताए ।”

अन्य स्थानीयहरूले महानगरपालिकाको नेतृत्वले घमन्ड देखाउँदा यो स्थिति सिर्जना भएको आरोप लगाएका छन् । महानगर प्रहरी फर्किएसँगै सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू