निर्वाचन आयोगले यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ।
आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका अशीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो।
आयोग स्रोतका अनुसार असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ।
निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा प्रतिवद्धता जनाउन प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताहरू आइतबार अपरान्ह निर्वाचन आयोग पुगेका थिए।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन्।
दलका शीर्ष नेताहरूले निर्वाचन आचारसंहिता व्यवहारिक बनाउन केही सुधार गर्दै जानुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया दिनुहोस्