Ads

नेपाली क्रिकेट टीमको जर्सी लगाएर संसद् भवन पुगे सांसदहरू


काठमाडाैं । नेपालले टी– २० विश्वकप क्रिकेट खेल्ने दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली टीमको जर्सी लगाएर बानेश्वरस्थित संसद् भवन पुगेका छन् ।

आज बेलुका नेपालले विश्वकपमा नेदरल्यान्डविरुद्ध खेल्दैछ । यसैको अवसर पारेर रास्वपाका अधिकांश सांसद नेपाली क्रिकेट टीमको जर्सी लगाएर बानेश्वरस्थित संसद् भवन पुगेका हुन् ।

बाहिर फोटो खिचाएपछि रास्वपाका सांसद जर्सीसहित संसद् भवन प्रवेश गरेका छन् । तर भित्र प्रवेश गर्दा उनीहरूले जर्सीबाहिर कोट लगाएका छन् ।

दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदै गरेको नेपाल समूह डीमा छ । यस समूहमा श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश पनि छन् ।

नेपाल ११ वर्षपछि विश्वकपमा पुगेको हो । अघिल्लोपटकको सहभागितामा नेपालले अफगानिस्तान र हङकङलाई समूह चरणमा पराजित गरेको थियो ।

तर, बंगलादेशसँग पराजित भएपछि नेपाल अघिल्लो चरणमा जान सकेको थिएन । बराबर अंक भए पनि बंगलादेश रनरेटमा अगाडि रहँदै अर्को चरणमा गएको थियो ।

नेपालको पहिलो खेल आज बेलुका ९ बजेर १५ मिनेटमा शुरू हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू