काठमाडाैं । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पहिलोपटक संसद्मा सम्बोधन गरेका छन्।
मंगलबार बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले पहिलोपटक संसदललाई सम्बोधन गरेका हुन्।
‘भदौ २६ गतेको अप्रिय घटनापश्चात वैशाख १५ गतेको उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि म पहिलोपटक संसद्को रोस्ट्रममा उभिएर बोलिरहेको छु । मलाई लागिरहेको छ, बुवा यहाँ कतै हुनुहुन्छ । बुवालाई सम्झेर भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु,’ सुहाङले भने ।
बुवा सुवास लोकतन्त्रका अटल हिमायती रहेको र एकताबद्ध भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा अविचलित रहेको उनले स्मरण गरे ।
‘सबै जातजाति, भाषाभाषी, धर्म र संस्कृतिको सह–अस्तित्व एवं आपसी एकताले र मेलमिलापले राष्ट्रिय एकता हुन्छ भन्ने उहाँको अटुट विश्वास थियो,’ सुहाङले भने ।
सम्बोधनका क्रममा सुहाङले शहीद रत्नकुमार बान्तवालगायत इलामका जनताप्रति धन्यवाद व्यक्त गरेका थिए । पूर्वसभामुख समेत रहेका पिता सुवास नेम्वाङको निधनपछि सुहाङ सांसद बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्