काठमाडाैं ।पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रममा सहकारीपीडितले नाराबाजी गरेका छन् ।
त्यसक्रममा सहकारीपीडित र प्रहरीबीच झपडपसमेत भएको छ ।
प्रहरीले नाराबाजी गर्ने केहीलाई नियन्त्रणमा लिएको छ । पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रचण्ड पोखरा आएका हुन् ।
सोही क्रममा सहकारीपीडितहरूले उनलाई कालो झण्डा देखाएका छन् । कार्यक्रमस्थल पोखरा सभागृहको गेटमा प्रदर्शन भएको हो ।
प्रतिक्रिया दिनुहोस्