काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दम्तपी स्थानीय सडक सरसफाइमा सहभागी भएका छन् ।
वातावरण दिवसका अवसरमा बुधबार भक्तपुरको कौशलटार–सूर्यविनायक सडकमा गरिएको सरसफाइ कार्यक्रममा ओली र शाक्य सहभागी भएका हुन् ।
ओलीले सडक सफा गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘आज राधिका र म अरनिको राजमार्गको सडक सरसफाइमा ।’
ओली स्थानीयबासीको हिसाबमा सरसफाइ कार्यक्रममा सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्