Ads

२०८१ जेठ २५ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।  समय राम्रो भएपनि आज खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, एकदमै सजक रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज धन लाभको योग छ । पढाइमा प्रगती होला । साथै, दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भएपनि सफल हुनेछ, दिन रमाइलै छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।  नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला । व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीको सम्भावना छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्चभन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । काममा जोश र जागर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । कसैसँग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नुपर्ला । पे

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल–अचल सम्पत्तिको कारोवार हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू