Ads

थप यि सेवा प्रणालीमा जोडिदैछन्, राष्ट्रिय परिचय पत्रमा


काठमाडौँ, राष्ट्रिय परिचयपत्रलाई राज्यद्वारा प्रदान गरिने थप सेवा प्रणालीसँग जोड्न लागिएको छ । आगामी आर्थिक वर्ष २०८१\८२ देखि राज्यद्वारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाउन, सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्न, बैङ्क खाता खोल्न, स्वास्थ्य बिमा खोल्न, स्थायी खाता नम्बर लिन, जग्गा जमिनको खरिद बिक्रीलगायत विभिन्न कामका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा परिचयपत्र सङ्ख्या (नम्बर) पेस गर्नुपर्ने भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । अहिले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

विभागका निर्देशक मुकेशकुमार केशरीले राष्ट्रिय परिचयपत्रको उपयोगिता बढाउन यसलाई विभिन्न सेवा प्रणालीसँग जोड्न लागिएको जानकारी दिए । उनका अनुसार राष्ट्रिय परिचयपत्रलाई चालक अनुमतिसँग समेत जोड्न लागिएको छ ।

त्यसै गरी आन्तरिक राजस्व विभाग, निवृत्तिभरण व्यवस्थापन कार्यालय, यातायाता व्यवस्था विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, स्वास्थ्य बिमा बोर्डको प्रणालीसँग राष्ट्रिय परिचयपत्रको आबद्धताका लागि परीक्षण कार्य भइरहेको निर्देशक केशरीले बताए ।

उनले राष्ट्रिय परिचयपत्रको प्रयोगले एउटै व्यक्तिले धेरै पटक सामाजिक सुरक्षा भत्ता बुझ्ने, मृतकको नाममा भत्ता बुझ्ने, पटक पटक विभिन्न सेवा लिने जस्ता गैरकानुनी काम नियन्त्रणमा आउने विश्वास गरिएको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू