Ads

बाढीको डरले वर्षा अघिनै रोपाई


इनरुवा, झरी पर्न थाले पछि बाढी आउने डर भएका सुनसरीका नदी किनारका किसानले वर्षा हुनु अघिनै धान रोपाई थालेका छन् । सुनसरी खोलाको बाढीको उच्च जोखिममा रहेको क्षेत्रमा किसानले धान रोपाई सुरु गरेका हुन् । बाढी प्रभावित क्षेत्र मानिने भोक्राहा नरसिंह गाउँपालिका ५ र ७ नम्बर वडाका स्थानीय किसान अहिले धान रोपाइँमा व्यस्त बनेका छन् ।

यहाँका किसानहरू हरेक वर्ष मनसुन सुरु हुनु अगाडि नै धान रोप्न सुरु गर्ने गरेको स्थानीय रवीन्द्र यादवले बताए। यो क्षेत्र बाढीको सम्भावनाले ग्रस्त भए पनि कृषकहरू आफ्नो जीविका चलाउनका लागि धान खेती जोखिम मोलेर पनि लगाउने गरेको किसान बताउँछन् ।
वर्षा सुरु हुनु अगाडि नै रोपाई गरिएन भने डुबान भएपछि रोप्न नसक्ने भएकाले अगाडि नै रोपाई थालेको सिकान रामु यादवको भनाई छ । भोक्राहा नरसिंहका किसानहरू कृषि उपकरण र आधुनिक प्रविधि नआएकाले परम्परागत रूपमा आफैँ रोपाई गरिहरेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा धान रोपाइँको हालको अवस्था चुनौतीपूर्ण रहेको अर्का स्थानीय दीपेन्द्र यादवले बताउए । बाढीको उच्च जोखिम क्षेत्र भएपनि यहाँका किसानहरूको मेहनत र साहस प्रेरणादायी रहेको स्थानीय अगुवाहरुको भनाई छ ।

Ads

सम्बन्धित पोष्टहरू