मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भएपनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धन लाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । मान सम्मान पनि पाइनेछ । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । धैर्यसाथ जुट्नुहोला । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धन लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवम् काममा अवरोध आउनाले मन खिन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नुपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्