Ads

७१ जिल्लामा डेंगू, के छ नियन्त्रणको प्रयास ?


काठमाडौ । डेङ्गु रोगको सङ्क्रमण नेपालका ७१ वटा जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा।गोकर्णप्रसाद दाहालका अनुसार मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको छ । गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको हो ।

‘गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ’, उनले भने । मन्त्रालयका अनुसार ७१ जिल्लामा १ हजार १३० जनामा सङ्क्रमणमा देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो ।

कोशी प्रदेशमा २७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा ३९०, गण्डकी प्रदेशमा १७५, लुम्बिनी प्रदेशमा १३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११५ जनामा सङ्क्रमण देखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू