Ads

२०८१ असार ३ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा होला । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । केही कारणले धनको पनि नाश होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसँग सानो मनमुटाव हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ । कृषिको कामबाट पनि फाइदै होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अनावश्यक ठाँउमा पैसा खर्च हुँदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ । आम्दानीमा कमी आउने छ, रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ । तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । तर, पढाइमा भने खासै मन नजाला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । धनको पनि लाभ होला । आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाँउबाट पैसा आउने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)कमाइ राम्रो हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । टाढाको यात्राको पनि योग छ । पढाइमा पाउने सफलता यथावत रहनेछ । बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति हुनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रुपैँया पैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, होस पुर्याउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला । टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू