काठमाडौं । पूर्वी भू–भागमा सक्रिय रहेको मनसुनी प्रणाली विस्तारै पश्चिमतर्फ सर्दै आएको छ । जसका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भइ कतिपय स्थानमा वर्षा भइरहेको छ । अहिले गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको अनुमान छ।
हाल काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुग्ने अनुमान छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै लुम्लेमा ३४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।
प्रतिक्रिया दिनुहोस्