Ads

वीरगन्जमा कन्टेनरले किच्दा एक जना भारतीयको मृत्यु 


पर्सा। पर्साको वीरगन्ज महानगरपालिका–२५ मा हिजो साँझ कन्टेनरले किचेर घाइते भएका पुरुषको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे भारतीय नागरिक ३० बर्षीय अशोक यादबलाई भारतीय नम्बरको कन्टेनरले ब्याक गर्ने क्रममा किचेको थियो ।

विरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा यादबको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कन्टेनर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको  छ ।

Ads

सम्बन्धित पोष्टहरू