Ads

अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालन हुन्छन्: प्रधानमन्त्री प्रचण्ड


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालनमा आउने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनका लागि सुझाव पेस गर्न समिति गठन भएको र समितिको प्रतिवेदनमा आएको सिफारिसअनुसार सञ्चालन गरिने बताए । उनले सार्वजनिक, निजी साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरी कार्यान्वयनमा ल्याइने बताए ।

प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेबारे आफूले सम्बन्धित मन्त्रालयसँग छलफल गरिरहेको पनि बताए । उनले अन्तर्राष्ट्रिय वायु सेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्न विभिन्न छुट तथा सहुलियतका विषयमा चासो व्यक्त गरेका र उनीहरूसँग पनि छलफल भइरहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू