महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाले कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेको छ । नगरपालिकाले वडाध्यक्ष रवीन्द्र यादवलाई प्रमुख र रतन चौधरीलाई उपप्रमुख चयन गरेको हो ।
प्रमुखको जिम्मेवारी पाएका यादव ९ नम्बर वडाका अध्यक्ष हुन् भने उपप्रमुखको जिम्मेवारी पाएका चौधरी ३ नम्बर वडाका अध्यक्ष हुन् । जलेश्वर नगरपालिकाका बोर्ड सदस्यहरूको बैठकले बहुमतीय प्रणालीबाट कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेको हो ।
गत वैशाख २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका प्रमुख सुरेशप्रसाद साह र उपप्रमुख रौशन खातुनलगायत १२ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरू निलम्बित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्