Ads

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने


काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका छन् ।एसिया सहयोग संवादको परराष्ट्र मन्त्रिस्तरीय १९औँ  बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिनेछन् । त्यसपछि विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

मन्त्रिस्तरीय बैठक अघि आइतबार तेहरानमा हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् । परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू