Ads

निहारिका राजपुत बालुवाटारबाट पक्राउ


काठमाडौं । कुमारी आमाको रुपमा न्यायको लागि संघर्षरत निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटारमा पत्रकार सम्मेलन गर्न भन्दै पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि निहारिकालाई नियन्त्रणमा लिएको हो ।

आफूलाई कुमारी आमा बताउने राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।

पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । हालै आएको डीएनए जाँचको रिपोर्टमा उनको छोराको डीएनए श्रेष्ठको डीएनएसँग म्याच भएको छ । चुनावपछि यसमा पेश चढ्ने उच्च अदालत जनकपुरले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू