Ads

सङ्घीय संसद्का आन्दोलनरत कर्मचारी र सरकारबीच सात बुँदे सहमति


काठमाडाैं । सङ्घीय संसद सचिवालयका आन्दोलनरत कर्मचारी र सरकारबीच सात बुँदे सहमति भएको छ।

सोमबार दिउँसो सरकार र उनीहरूबीच सात बुँदे सहमति भएको आन्दोलनरत कर्मचारी गोविन्द बेलबासेले जानकारी दिए।

अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरू विभिन्न ११ बुँदे मागसहित आन्दोलनमा उत्रिएका थिए।

उनीहरूसँग छलफल गर्नका लागि सरकारले कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरेको थियो।

Ads

सम्बन्धित पोष्टहरू