Ads

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक जारी


काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक जारी छ ।

काठमाडौंको मेरियट होटेलमा बैठक चलिरहेको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गरेकी छन् भने चीनको नेतृत्व उपविदेशमन्त्री सुन वेइदोङले गरेका छन् । बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री वेइदोङ सोमबार काठमाडौं आएका हुन् ।

बैठकमा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू