Ads

ज्ञानेन्द्रलाई प्रधानमन्त्रीको जवाफ : प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ


काठमाडाै‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल भइरहेको बताएका छन ।

उनले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकसँग मध्यरातमा भएपनि टेलिफोन सम्पर्क गरेको सन्दर्भ प्रतिनिधिसभाको आजको बैठकमा जानकारी गराएका हुन् ।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले ‘नेपालमा प्रधानमन्त्री छ कि छैन ?’ भनेर राखेको जिज्ञासाको जवाफमा उहाँले नेपालमा यतिखेर प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री भएको उल्लेख गरे ।

‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’, उनले भने, ‘प्रचण्ड भएको हुनाले भन्न चाहन्छु राति १२ बजे रुसी सेनाको लडाइँ मोर्चामा भएकाहरुसँग फोनमा कुरा गर्ने गरेको छु ।’

उनले सांसद शाहीको प्रश्नप्रति व्यङ्ग्य गर्दै थपे, ‘तपाईं कुनै दिन प्रधानमन्त्री हुनु भएछ भने तपाईंले कति गर्नुहुन्छ म पनि हेर्न चाहन्छु ।’

 

Ads

सम्बन्धित पोष्टहरू