Ads

बाढीले बगाए एकै परिवारका चार जना


सुन्दरहरैँचा । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको हो ।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता   छन् ।

बेपत्ता  हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र  अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।

Ads

सम्बन्धित पोष्टहरू