काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबार छानबिन गर्न गठित संसदीय समितिले उनी जोडिएका ९ वटा सहकारीको कागजागत मगाउने निर्णय गरेको छ ।
बुधबार बसेको बैठकले लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया प्रालिको पनि कागजात मगाउने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।
उनका अनुसार समितिले सहकारीसम्बन्धी यसअघि गठन गरिएका समितिका प्रतिवेदन अध्ययन गर्ने र लामिछाने छोडिएका सहकारीको अनुसन्धान गर्ने काम समानान्तर रूपमा गरिरहेको छ ।
बुधबार समितिले सहकारी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष केशव बडाललगायतसँग पनि छलफल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्