Ads

विनियोजन विधेयक, २०८१ राष्ट्रियसभामा प्रस्तुत


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ ९क० को उपनियम ९२० बमोजिम ‘विनियोजन विधेयक, २०८१’ राष्ट्रियसभा समक्ष प्रस्तुत गरेका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न बाच्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको मन्त्री पुनले बताए । “प्रस्तुत विधेयकले सङ्घीय सञ्चिती कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा र कार्यको निम्ति विनियोजन गर्न सक्ने व्यवस्था छ,” उनले भने, “राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ ९क० को उपनियम ९२० बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्दछु ।”

यसैगरी राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्वन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेवुल गरेका थिए । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइएको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव अमेरिकाको भ्रमणमा रहेएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहलाई तोकिएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू