Ads

कांग्रेस महामन्त्री थापा कतार प्रस्थान


काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार प्रस्थान गरेका छन् ।

पार्टीनिकटको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन थापा बिहीवार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्पर्क समितिको कार्यक्रमका क्रममा थापा तीन दिन कतारमा रहने उनकाे सचिवालयका सदस्य प्रताप पौडेलले लोकान्तरलाई जानकारी दिए ।

थापासँगै नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल पनि कतार प्रस्थान गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू