Ads

बेचन झालाई ७ दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका उनलाई आइतबार काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरुयता झा फरार थिए। उनको संलग्नता देखिएपछि प्रहरीले पुरक जाहेरीमार्फत् उनीमाथि अनुसन्धान अघि बढाउनेगरी अन्यमाथि मुद्दा दर्ता गरेको थियो।

Ads

सम्बन्धित पोष्टहरू