Ads

२०८१ असार १७ गते सोमवार, तपाईको दैनिकराशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ ।

 वृष ( इवाविवुवेवो )विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

 मिथुन ( काकिकुकेकोहा )आज घरमा अतिथिको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । लाभदायक यात्रा पनि रहला ।

 कन्या ( टोपापिपुपेपो )लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । पैसा हात नपार्न पनि सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

 तुला ( रारिरुरेरोतातितुते )सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पाइनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा प्रगति र सफलता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

 धनु ( येयोभाभिभुधाफाढाभे ), इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज मनमा दुबिधा उत्पन्न हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज कुनै कुराले मनमा शान्ति छाउला । प्रेम जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । भोज भतेरमा सहभागी भइनेछ ।

 मीन ( दिदुदेदोचा, चि )आज छोटो दुरीको लाभदायक यात्रा रहला । कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू