Ads

२०८१ असार १८ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आफूभन्दा ठूला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगरमा सुधार आउने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)गरि राख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ । काममा जोश जागँर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछि लागेपनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ । पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका सथै धार्मिक कार्यमा सम्लग्न हुने समय छ । बाहान चौपाय आदी प्राप्त होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शारिरीक तथा मानसिक आलस्यता बढ्नेछ । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरेपनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू