काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्थिरताको संवाहक भएको बताएका छन् । मनोनित केन्द्रीय कमिटी सदस्यहरुको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन ।
उनले अस्थिरताको संवाहकको रुपमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि भएको बताए ।
उनले भने ‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड माकुने हुन् । यस्ता अस्थिरताका संवाहक शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छ ? तिनका कनेक्सन कहाँ छन्, हामीले देखेका छौँ ।’
प्रतिक्रिया दिनुहोस्