Ads

एमाले सचिवालय बैठक सुरु


काठमाडाैं । नेकपा एमालेकाे सचिवालय बैठक सुरु भएकाे छ ।

ललितपुरकाे च्यासलस्थित पार्टी कार्यालयमा सचिवालय बैठक बसिरहेकाे हाे । बैठकमा कांग्रेस र एमालेबीच भएको नयाँ सत्ता समीकरणको सहमतिका विषयमा छलफल भइरहेकाे छ ।

बैठकले विकसित राजनीतिक समझदारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिनेछ ।

कांग्रेस र एमालेबीच सोमबार मध्यराति नयाँ सत्ता समीकरणका लागि सहमति भएको छ । नयाँ सरकार बनाउने सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरिसकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू