Ads

सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीबीच १ घण्टा छलफल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १ घण्टा छलफल गरेर गृहमन्त्री लामिछाने बाहिरिएका हुन्।

सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीले छलफल गरेका हुन्।

कांग्रेससँग एमाले मिले पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन्।

आज बिहान बसेको पदाधिकारी बैठकले सत्ता समीकरणका अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो। रास्वपाले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सरकार नछाड्ने निर्णय गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू