Ads

देउवालाई गृहजिल्ला डडेलधुरामा लगाइयो ३२ किलोको माला


काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला डडेलधुरामा ३२ किलोको माला लगाइएको छ। जिल्लाको भित्री मधेस क्षेत्र जोगबुढामा आयोजित चुनावी सभामा नेपाली कांग्रेस र सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको परशुराम नगर समितिले सोमबार देउवालाई ३२ किलोको माला लगाएको हो ।

भित्री मधेस क्षेत्रका विभिन्न समस्या र सरोकार समेटिएका ३२ वटा मागसहितको ज्ञापनपत्र बुझाउँदै देउवालाई ३२ किलोको मालाले सम्मान गरिएको गठबन्धनको दल नेकपा माओवादी केन्द्रका परशुराम नगर समितिका एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार प्रधानमन्त्री देउवासहितका नेतालाई ‘गठबन्धनको माला’ले पनि बाँधिएको छ। गठबन्धनबीच एकता छ भन्ने सन्देश दिन सयपत्री फूलको एउटै मालाले प्रधानमन्त्री देउवासहित नेताहरुलाई बाँधिएको माओवादी केन्द्रका ती नेताको भनाइ छ।

Ads

सम्बन्धित पोष्टहरू