Ads

महामन्त्री ढकाल मुखमा कालोटेप टाँसेर बैठकमा बसे


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकाल मुखमा कालो पट्टी टाँसेर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै विरोधस्वरूप उनी मुखमा कालो टेप टाँसेर बैठकमा बसेका हुन् ।

उनले मुखमा मास्कसहित बाहिरबाट टेप लगाएका छन् । केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने उनको माग थियो । बैठक लाइभ गर्न नमानेपछि उनले विरोध जनाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय बालाजुमा केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । नयाँ सत्ता समीकरण, महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।

यसअघि हिजो बसेको रास्वपा सचिवालय बैठकले नयाँ समीकरणमा सहभागी नहुने र तत्काल सरकार नछोड्ने निर्णय गरेको थियो ।

सोमबार राति नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनसहित जनताको निराशा चिर्न सत्ता सहकार्य गर्ने सहमति गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू