Ads

टीआरसीका विषयमा छलफल गर्न कार्यदलको बैठक जारी


काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धि विषयलाई टुङ्गो लगाउन गठित कार्यदलको पहिलो बैठक बसेको छ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बैठक जारी रहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन्।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन तीन पार्टीबाट एक/एक जना सदस्य रहने गरी कार्यदल बनाउन सहमति भएको हो।

Ads

सम्बन्धित पोष्टहरू