मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु आज विशेष हितकर होला । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । पुराना समस्या दोहोरिन सक्छन् । धैर्यताका साथ काम गर्नु उचित हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): लाभदायी दिन छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । शुभ समाचार प्राप्त हुनेछ । ब्यापार–ब्यवसायमा पनि राम्रै लाभ हुने देखिन्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अरूको भरपर्दा काम बिग्रन सक्ने योग छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । स्वास्थ्यका लागि मसलाजन्य खानबाट आज विशेष सावधान रहनुहोला । भौतिक साधनको क्षतिले धन हानी हुने या खर्च बढ्ने देखिन्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप बढ्नेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन खास नसकिएला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यावसायिक काममा खर्च बढे पनि लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ, सचेत रहनुहोला । विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): स्वास्थ्यगत समस्याले सताउने देखिन्छ तर कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । प्रयत्न गर्दागर्दै पनि सफलता हात लाग्न कठिन होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । तथापि, शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभदायी समय छ । आम्दानी तथा आयआर्जनका स्रोत बढ्ला । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनेछ, विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ भने अतिथिका रूपमा कतै सम्मान समेत पाइएला ।
प्रतिक्रिया दिनुहोस्