Ads

सिमेन्ट निर्यातमा उच्च वृद्धी


काठमाडौँ, देशबाट अधिकांश वस्तुुको निर्यात घटिरहेको बेला सिमेन्ट र क्लिङ्करको निर्यात भने ४८४ प्रतिशतले वृद्धि भएको छ । स्थानीय बजारमा सिमेन्टको खपत न्यून हुुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो । चालुु आर्थिक वर्षको ११ महिनामा साढे तीन अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म तीन अर्ब ६५ करोड ७१ लाख ६१ हजार रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको हो ।

११ महिनामा एक अर्ब ८३ करोड ४६ लाख ८९ हजार रुपियाँको सिमेन्ट र एक अर्ब ८२ करोड ४५ लाख ७१ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३१ करोड ३६ लाख ४२ हजार रुपियाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । चालुु आवको ११ महिनामा एक अर्ब ८२ करोड ४६ लाख ८९ हजार रुपियाँको क्लिङ्कर निर्यात भएका छन् । गत वर्ष सो अवधिमा ३६ करोड ४० लाख ११ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू