Ads

ओलीलाई सन्चो नभएपछि एमाले सचिवालय बैठक स्थगित


नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यको कारण मङ्गलबारलाई बोलाइएको बैठक बुधबारका लागि सारिएको हो ।

एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार अध्यक्ष ओलीको दाँत निकालेको कारण बोल्न अप्ठ्यारो भएर बैठक स्थगित गर्नुपरेको हो ।

‘अध्यक्षको हिजो दाँत निकालेकाले उहाँलाई बोल्न समस्या भएकोले बैठक बुधबार ११ बजे बस्ने गरी सारिएको जानकारी आएको छ,’ एमाले पार्टी कार्यालय स्रोतले भन्यो ।

एमाले बैठकमा कांग्रेससँग बन्न लागेको नयाँ सत्ता समीकरणको विषय, पार्टीको आन्तरिक कार्यविभाजनसहितका विषयमा छलफल गर्ने तयारी थियो ।

असार १७ गते कांग्रेससँग भएको समझदारी अनुसार एमाले अध्यक्ष केपी ओली दुई वर्ष प्रधानमन्त्री बन्नेछन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वास

Ads

सम्बन्धित पोष्टहरू