Ads

संसदीय छानबिन समितिले सहकारी पीडितहरूसँग छलफल गर्ने


काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सो विशेष समितिको बैठकले बुधबार पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । आज सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो ।

बुधबार पीडितहरूसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो । अब पीडितहरूसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरूको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए ।

Ads

सम्बन्धित पोष्टहरू