Ads

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी


काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।

२८ असारमा प्रतिनिधिसभा बैठक बस्ने भएकाले माओवादी केन्द्रको संसदीय दलको बैठक बोलाइएको हो ।

यो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रमुख सत्ता साझेदार नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू