Ads

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक पनि स्थगित


काठमाडाैं । बिहीबार बसेको प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

प्रधानमन्त्री तथा मन्त्रीहरू उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी दिए। प्रतिनिभि सभाको अर्को बैठक अब शुक्रबार बिहान ११ बजे बस्नेछ।

शुक्रबारकै बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम छ।

सरकारका प्रतिनिधि सदनमा नभएकै कारण यसअघि सवा १ बजे बोलाइएको राष्ट्रिय सभा बैठक पनि बस्न सकेको थिएन।

 

Ads

सम्बन्धित पोष्टहरू