Ads

त्रिशूलीमा बेपत्ता भएका दुई बस खोज्न सशस्त्रको गोताखोर परिचालन


काठमाडाैं । नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपपालिका-२९ सिमलतालस्थित त्रिशूलीमा नदीमा आज बिहान बेपत्ता भएका दुई बस खोज्न सशस्त्रले गोताखोर परिचालन गरेको छ।

अविरल वर्षासँगै आएको पहिरोमा परी आज बिहान करिब ३ बजे लामो दूरीमा चल्ने दुई वटा गाडी सो स्थानमा खसेका थिए। जसको उद्धार कार्य सुरु भएको हो।

पर्साको वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको यात्रुवाहक बस नदीमा बेपत्ता भएका हुन्।

दुर्घटनाको खबरपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित २५ जना सुरक्षा फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ।

दुई बसमा गरी चालकसहित ६५ जना सवार थिए।

Ads

सम्बन्धित पोष्टहरू