Ads

२०८१ असार २९ गते शनिवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ, तर यात्राबाट टाढै रहनु राम्रो ।

 वृष ( इवाविवुवेवो )बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

 मिथुन ( काकिकुकेकोहा )आज मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ, तर पारिवारिक जमघट र सद्भाव बढ्ने देखिन्छ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज शुभ कार्यमा सरिक भइने छ । महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

 कन्या ( टोपापिपुपेपो )यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

 तुला ( रारिरुरेरोतातितुते )भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण काममा दुबिधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा नरमाइलोपन आउन सक्छ ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )आज आस्था र पराक्रममा वृद्धि हुनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधि मार्फत काम अघि बढ्न सक्छ ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक र राजनैतिक क्षेत्रमा विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

 मीन ( दिदुदेदोचा, चि )जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला पनि आउला ।

Ads

सम्बन्धित पोष्टहरू