Ads

११ शव भेटिए, अन्यको खोजी जारी, बस भेटिएन


भरतपुर, त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ । पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाइने बताइन्छ ।

शुक्रवार भएको दुर्घटना पछि अहिले सम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन् ।

यता दुर्घटना ग्रस्त बस अझै भेट्न सकिएको छैन । आइतबार चितवन पुगेका गृह सचिव एकनारायण अर्यालले बस खोज्न अब भारत वा चीनबाट विशेष उपकरण ल्याउने तयारी भइरहेको जानकारी दिए ।

गत शुक्रवार बिहान काठमाडौँ गौरको बस र वीरगन्ज काठमाडौँको बस भरतपुरको सिमलतालवाट त्रिशूलीमा खस्दा बेपत्ता छ । पहिरोले बगाएर बेपत्ता भएको सो बसमा ६५ जना यात्रु थिए ।

Ads

सम्बन्धित पोष्टहरू