Ads

चौथो पटक स्पेनलाई उपाधी


काठमाडौं । स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २१ गोलले पराजित गरेको हो ।

स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औँ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औँ मिनेटमा गोल गरेका थिए । योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ । स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ।

त्यस्तै इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ ।

Ads

सम्बन्धित पोष्टहरू