Ads

कांग्रेसको देउवा समूहबाट टुंगियो मन्त्रालय र मन्त्रीकाे नाम, शेखर–गगन छलफलमा


काठमाडाैं । सत्ता साझेदार दल नेपाली कांग्रेसमा मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको सूची लगभग पूरा भएको छ ।

सोमबार बिहान सभापति शेरबहादुर देउवाले आफ्नो समूहनिकट नेताहरूको नाम टुंगो लगाएका छन् । शेखर–गगन समूहबाट भने नाम टुंगिन बाँकी छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस ओली सरकारमा सहभागी हुने भएको छ । उनले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

यस्तै रमेश लेखक गृहमन्त्री बन्दै छन् भने देउवापत्नी आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्दै छिन् । देउवानिकट अजय चौरासिया कानुनमन्त्री बन्दै छन् भने ऐनबहादुर शाही वन र शशांक कोइरालानिकट दीपक खड्का ऊजामन्त्री बन्दै छन् । शेखर–गगन समूहबाट तीन जना मन्त्री बन्नेछन् । यस्तै तेजुलाल चौधरीको नाम पनि मन्त्री बन्ने सूचीमा फाइनल भएको छ ।

उनको मन्त्रालय भने टुंगिन बाँकी छ । यस्तै शेखर–गगन समूहबाट जीवन परियार, हृदयराम थानी, रामनाथ अधिकारी र प्रदीप पौडेलमध्ये तीन जना मन्त्री बन्नेछन् । शेखर काेइराला, धनराज गुरुङ र गगन थापाबीच मन्त्री टुंग्याउने विषयमा छलफल चलिरहेकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू