Ads

२०८१ साउन १ गते मंगलवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आज जोशजाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

 वृष ( इवाविवुवेवो )आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

 मिथुन ( काकिकुकेकोहा )कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।

 कन्या ( टोपापिपुपेपो )सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

 तुला ( रारिरुरेरोतातितुते )परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजग भएर गर्नुहोला । मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक झमेलामा परिएला ।

 धनु ( येयोभाभिभुधाफाढाभे )आज आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज प्रतिष्ठित काम गर्ने मौका छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

 मीन ( दिदुदेदोचा, चि )आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू