Ads

परराष्ट्रमन्त्री आरजु राणासँग भारतीय राजदूतले गरे भेट


काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । भेटमा नेपाल–भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् ।

आजै भारतीय राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग पनि भेटवार्ता गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू